डढेलो निभाउन गएका एक जनाको निधन

डढेलो निभाउन गएका एक जनाको निधन

गुल्मीमा आगो निभाउने क्रममा एक जनाको निधन भएको छ । मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको ज्यान गएको बताइएको छ । 

आज बिहान सोही वडाको सर्वोदय मावि नजिकको जंगलमा लागेको आगो निभाउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सो क्रममा दुई जना भीरबाट लडेर गम्भीर घाइते भएको प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । 

‘आगो निभाउने क्रममा लप्का उहाँहरुतिर आएको रहेछ । भाग्न खोज्दा दुई जना लडेर घाइते हुनुभयो’, भुजेलले जनआस्थासँग भने, ‘उपचारको लागि अस्पता पुर्याए पनि एक जनाको मृत्यु भयो ।’ 

अर्का घाइते ५२ वर्षीय रेशम थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू