परालमा आगो सल्किएपछि दुई बालबालिकाको मृत्यु

परालमा आगो सल्किएपछि दुई बालबालिकाको मृत्यु
सुन्नुहोस्

अछाममा आज बिहान भएको आगलागीमा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ को एउटा गोठमा भएको आगलागीमा उनीहरुको ज्यान गएको बताइएको छ ।

आगलागीमा दीपक बोहोराकी ८ वर्षीया छोरी भावना र रमेश बोहराका ५ वर्षे छोरा गोपालको मृत्यु भएको छ । आगो निभाउने क्रममा मृतक गोपालका बुबा रमेश घाइते भएका छन् । भावनाका आमाबुबा दुबैजना भारतमा रहेको बुझिएको छ । 

प्रहरीका अनुसार गोठमा राखिएको परालमा लागेको आगोका कारण बालबालिकाको ज्यान गएको हो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू