मिनीट्रक दुर्घटनामा थप एक जनाको निधन, घाइते सबैको ट्रमा सेन्टरमा उपचार

मिनीट्रक दुर्घटनामा थप एक जनाको निधन, घाइते सबैको ट्रमा सेन्टरमा उपचार
सुन्नुहोस्

धादिङमा भएको मिनीट्रक दुर्घटनमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । खाल्टेमा आज बिहान भएको उक्त दुर्घनामा घाइते एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल धादिङबेसीमा निधन भएको बताइएको छ ।

निलकण्ठ नगपालिका ५ खाल्टेमा बा.२ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा छ जना घाइते भएका छन् । ती सबैलाई थप उपचारको निम्ति वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ 

बिहान घटनास्थलमै एक जनको ज्यान गएको र घाइते सात जनालाई स्थानीयले जिल्ला अस्पतालमा पुर्याएका थिए । तीमध्ये एक जनाको उपचारको क्रममा निधन भएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते छ जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंँ पठाएर ट्रमा सेन्टरमा उपचार थालिएको हो ।
 

टिप्पणीहरू