मरेको चील देखेपछि पूर्वराष्ट्रपति भण्डारी सवार विमानले गर्यो ‘ओभर सुट’

मरेको चील देखेपछि पूर्वराष्ट्रपति भण्डारी सवार विमानले गर्यो ‘ओभर सुट’
सुन्नुहोस्

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सवार विमान अवतरण गर्न लागेको समयमा ओभर सुट गरिएको छ ।

आज राति ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको समयमा ओभर सुट गरिएको विमान १० मीनेटपछि सकुशल ल्याण्ड गरेको बताइएको छ ।

बिराटनगरबाट आएको यति एअरलाइन्सको उडानमा पूर्व राष्ट्रपति भण्डारीसहित ७० जना यात्रु थिए । धावन मार्ग नजिकै आएपछि मरेको चील देखेपछि चालकले विमानलाई उचाईमा लगेका हुन् ।

विमानस्थलबाट अन्यत्रै मोडिएर विमान १० मीनेटपछि अवतरण भएको हो ।

टिप्पणीहरू