इलाममा सूर्यको फराकिलो अग्रता,घण्टी चौथोमै

इलाममा सूर्यको फराकिलो अग्रता,घण्टी चौथोमै

इलाममा सूर्यको फराकिलो अग्रता,घण्टी चौथोमै इलाम निर्वाचन क्षेत्र नम्बर २ मा अस्ति सम्पन्न उपनिर्वाचनको मतगणनामा एमालेका सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम गरेका छन् ।

४२ वडामध्ये १४ वडा र दुई वटा पालिकाको २१ हजार ८५४ मतगणना सकिँदा नेम्वाङले ८८९८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका डम्बरबहादुर खड्का ६२८० मत ल्याएर दोस्रो स्थानमा छन् ।

पहिचानवादी समूहका स्वतन्त्र उम्मेदवार डेगेन्द्रसिंह लिम्बूले ४६३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलाई १३०५ प्राप्त भएको छ । हालसम्म फाक्फोकथुम र चुलाचुली गाउँपालिकाको सबै मतगणना भइसकेको छ ।

माङ्सेबुङको पनि १ नम्बर वडाको मत गणना सकिँदा नेम्वाङको फराकिलो अग्रता कायम भएको हो । अहिले माङ्सेबुङ वडा नम्बर ४ र ५ को मतगणना भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू