रिडी–तम्घास सडकखण्ड बन्द, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

रिडी–तम्घास सडकखण्ड बन्द, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

गुल्मीको रिडी–तम्घास सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ । आउँदो जेठ १५ गतेसम्मका लागि बिहान १० देखि दिँउसो ४ र राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिएको हो । 

रिडीदेखि राजासम्मको २५ किलोमिटर तम्घासतर्फको सडक स्तरोन्नतिका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । 

प्रशासनले पानी ट्याङ्की–थोर्गा–स्यालपोखरी–स्यालबिसौनादेखि रातामाटा सडक, पिपलनेटा–दिगाम हुँदै रिडी सडक, लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी सडक, घुम्ती–चारपाला–खरज्याङ हुँदै रिडी सडक, देउराली–सिमिचौर–खर्ज्याङ्ग हुँदै रिडी सडकमार्फत आवतजावत गर्न सूचित गराएको छ । 

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रिडी–तम्घास सडकखण्ड गुल्मीको सदरमुकाम आउने मुख्य सडक हो । सडक साँघुरो भएकाले हाल चौडा बनाउने काम भइरहेको छ । उक्त सडक निर्माण तथा स्तरोन्नतिको काम समानान्तर इलाइट जेभीले पाएको छ ।
 

टिप्पणीहरू