बिहान अपहरित माननीय साँझ मन्त्री

बिहान अपहरित माननीय साँझ मन्त्री

बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा) का सांसद शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्री नियुक्त गर्दै क्याबिनेट विस्तार गरेका हुन् । 

नेपाली काँग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए । ११० सदस्यीय बागमतीमा बहुमतका लागि ५६ सांसदको साथ चाहिन्छ । यहाँ एमाले २७, माओवादी २१, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

भर्खरै मन्त्री नियुक्त भएका मन्त्री बज्राचार्य बिहानसम्म अपहरणमा परेको दाबी गरिएको थियो । हानेपाका अध्यक्ष अनन्त घिमिरेले पार्टीभित्रको अन्तरविरोधतर्फ संकेत गर्दै आफ्ना संसदीय दलका नेता बज्राचार्य अपहरणमा परेको र सुरक्षा निकायलाई खबर गरेको बताएका थिए । 

आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी नहुने पनि उनको दाबी थियो । तर, बज्राचार्यले मन्त्री नियुक्त भएर शपथ ग्रहणसमेत गरिसकेका छन् ।

टिप्पणीहरू