दुई टी–२० सिरिजका लागि १५ खेलाडी छानिए

दुई टी–२० सिरिजका लागि १५ खेलाडी छानिए
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई टी–२० सिरिज खेल्ने टोली घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नाम आज सार्वजनिक गरेको हो । 

टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सुन्दिप जोरा, अनिल साह, गुल्शन झा, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करन केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, आकाश चन्द रहेका छन् । 

नेपालले चैत ११ र १२ गते आयरल्याण्ड वुल्भ्ससँग र चैत १८ गतेदेखि भारतको प्रादेशिक टोली गुजरात र बरोडासँग एसएमएस फ्रेण्डशिप कप खेल्नेछ ।

टिप्पणीहरू