उपनिर्वाचनमा सहभागी दललाई चुनाव चिन्ह

उपनिर्वाचनमा सहभागी दललाई चुनाव चिन्ह

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ वटा दल दर्ता भएका छन् । 

ती दललाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरेर चिन्हको क्रम निर्धारण समेत गरिएको छ । ‘दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको छ,’ आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो वर्ष मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपश्चात् रिक्त इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गराउँदैछ ।  

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी उपनिर्वाचनका लागि दर्ता भएका छन् । 

त्यस्तै, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, बहुजन शाक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पनि दर्ता भएका छन् । 

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा मात्र सहभागी हुने निर्णय गरेको छ ।

टिप्पणीहरू