पदमुक्त हुनुअघि मन्त्रीको अबिरजात्रा

पदमुक्त हुनुअघि मन्त्रीको अबिरजात्रा

मन्त्रीको हैसियतमा शुक्रबार अपरान्ह काठमाडौंबाट दुबई उडेका निवर्तमान मन्त्री शरतसिंह भण्डारी हिजो साँझ फर्केका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको ‘दुबई रोजगार मेला’ को उद्घाटनका लागि उनी त्यता गएका थिए । 

‘एक पन्थ दो काज’ भन्दै उनी शनिबारको दुबई मेलापछि भोलिपल्ट होली कार्यक्रममा सहभागी भए । फागु पूर्णिमा आउन तीन साता बाँकी छँदै आयोजित होली कार्यक्रममा मन्त्री रमाएका थिए । जबकि शिवरात्री आउनै बाँकी छ । 

अस्ति दुबईमा अबिर दलेर हिजो स्वदेश फर्कने क्रममा उनी काठमाडौं नआइपुग्दै मन्त्रीको जिम्मेवारीबाट मुक्त भइसकेका थिए । मधेशी एकता समाज युएईले होली मिलन समारोह दुबईको बरदुबईस्थित एक होटलमा आयोजना गरेको थियो ।

भण्डारीलाई प्रमुख अतिथि,मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र युएईस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन विशाल भट्टराईलाई विशिष्ट अतिथि बनाइएको थियो ।

टिप्पणीहरू