काठमाडौंमा राजनीतिक पहिरो, भारतमा मिडियाको रोइलो

काठमाडौंमा राजनीतिक पहिरो, भारतमा मिडियाको रोइलो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक नयाँ गठबन्धनतर्फ आकर्षित भएपछि भारतीय मिडियाले आफ्नै ढंगले व्याख्या गरेका छन् । उनीहरुले नेपालको राजनीतिमा भएको पछिल्लो उथलपुथलमा छिमेकी मित्रराष्ट्र चीनको हात रहेको गम्भीर आरोप लगाइएको छ ।

नवभारत टाइम्सले चीनको कारण वामपन्थी विचार धाराका दलहरुले काँग्रेसलाई एक्लाएर नयाँ गठबन्धन भएको दावी गरेको छ । तथ्यहीन समाचारमा लेखिएको छ, ‘नेपालमा जब नयाँ चिनियाँ राजदूत आए, तब उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार भेटेर एकता गर्न पहल गरिरहेका थिए ।’

‘नेपालमा जब नयाँ चिनियाँ राजदूत आए, तब उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार भेटेर एकताको निम्ति पहल गरिरहेका थिए ।’

नवभारतले चीनको रणनीति दक्षिण एसियामा माल्दिभ्सपछि नेपालमा पनि सफल भएको दावी गरेको छ । सोही कारण भारत समर्थक काँग्रेस सभापति शेरबहादुर देउवा पाखा लागेको समाचार हेडलाइनमा उल्लेख छ । आज विकसित राजनीतिक घटनाक्रमलाई भारतीय मिडियाले प्रचण्ड यसअघि भारतीय प्रधानमन्त्रीको शरणमा पुगेको उल्लेख गर्दै सोधिएको छ,‘किन प्रचण्डलाई जेल जानुपर्ने आशंकाले सताउँछ ?’ 

भारतीय मिडियाले काँग्रेस सभापति शेरबहादुर देउवाले दक्षिणसँग राम्रो सम्बन्ध बनाए पनि प्रचण्डले उत्तरसँगको सम्बन्ध अच्छा बनाउन खोजेको व्याखा गरेको छ । सोही कारण गठबन्धन भत्किएको नवभारत टाइम्सको निचोड छ ।

भारतीय मिडियाले प्रचण्ड यसअघि भारतीय प्रधानमन्त्रीको शरणमा पुगेको उल्लेख गर्दै सोधिएको छ,‘किन प्रचण्डलाई जेल जानुपर्ने आशंकाले सताउँछ ?’  

राष्ट्रिय सभाको अध्यक्षमा भागबण्डा नमिलेपछि पुरानो गठबन्धन भत्किएको पनि मिडियाले उल्लेख गरेको छ । अगाडि लेखिएको छ, ‘देउवा कृष्णप्रसाद सिटौलालई सभाध्यक्ष बनाउन चाहन्थे, तर प्रचण्डले त्यसो गर्न नमानेपछि एक वर्ष देखिको गठबन्धनले पूर्णविराम पाएको हो ।’

टिप्पणीहरू