विदेश जाँदा मन्त्री, फर्कंदा निवर्तमान

विदेश जाँदा मन्त्री, फर्कंदा निवर्तमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी संयुक्त अरब इमिरेट्सको दुबईमा छँदै पदमुक्त भएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता समेत रहेका भण्डारी दुबई भ्रमणमा छन् । वैदेशिक रोजगार व्यवयायी संघले हिजो आयोजना गरेको ‘दुबई रोजगार मेला’को उदघाटन गर्न उनी केही दिनअघि त्यता गएका हुन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गठबन्धन परिवर्तनसँगै नयाँ मन्त्रिमण्डल पुनर्गठन गरेपछि भण्डारी विदेशमा रहँदै पदमुक्त भएका छन् । उनी आज राति स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि परराष्ट्रमन्त्री एनपी साउद हिजो साँझ विदेश जानबाट रोकिएका थिए । राति काठमाडौंबाट फिनल्याण्डको हेलसिन्की उड्न ठिक्क परेको समयमा उनको भ्रमण स्थगित भएको थियो ।

टिप्पणीहरू