तीन मन्त्रीको नाम राष्ट्रपतिलाई सुनाइयो,तीनै जना नेताका विश्वासपात्र

तीन मन्त्रीको नाम राष्ट्रपतिलाई सुनाइयो,तीनै जना नेताका विश्वासपात्र
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनमा आवद्ध एमाले,माओवादी र रास्वपाबाट एक-एक जनालाई समेटेर चार सदस्यीय क्याबिनेट गठन गर्न लाग्नुभएको छ । 

कांग्रेससंगको गठबन्धन टुटेर अर्को समीकरण बनेसँगै केही बेरअघि राष्ट्रपति भेट्न शीतल निवास पुग्नुभएका उहाँले एमालेका पदम गिरी,माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याललाई बिनाविभागीय मन्त्री बनाउने मौखिक जानकारी गराउनुभएको बुझिएको छ । नयाँ मन्त्रीहरुलाई आज साँझ पाँच बजे शपथ ग्रहण गराउने तयारी छ । 

माओवादीबाट मन्त्री बन्न लागेका नुवाकोट–१ का सांसद तामाङ पार्टीमा अध्यक्ष प्रचण्डको विश्वासपात्रका रुपमा चिनिन्छन् । पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसका 'हेभीवेट' डा. रामशरण महतलाई भारी मतान्तरले हराएर संसद यात्रा तय गरेका उनी  यसअघि राज्यमन्त्री भए पनि पहिलोपटक क्याबिनेट मन्त्री हुन लागेका हुन् । 

एमाले प्रमुख सचेतक गिरी पर्वतका सांसद हुन् । अध्यक्ष ओलीको रोजाईमा परेका उनी यसअघि प्रचण्डकै क्याबिनेटमा छोटो समयका लागि स्वास्थ्य मन्त्री भएका थिए । 

रास्वपाका डोलप्रसाद सभापति रवि लामिछानेको भरपर्दो सारथीका रुपमा चिनेने समानुपातिक सांसद हुन् । उनी पनि प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री थिए । मेनपावर व्यवसायीको हितमा काम गरेको भन्दै त्यसबखत उनको आलोचना भएको थियो ।
 

टिप्पणीहरू