नयाँ सरकारवारे बिरामी माधव नेपालको घरमा ३ बजे बैठक

नयाँ सरकारवारे बिरामी माधव नेपालको घरमा ३ बजे बैठक

विकसित राजनीतिक सन्दर्भमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) ले अपराह्न ३ बजे सचिवालय बैठक बोलाएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्ने बैठकमा नयाँ गठबन्धनमा सामेल हुने कि नहुने भन्नेबारे निर्णय लिइने महासचिव घनश्याम भुसालले बताएका छन् ।स्वयं अध्यक्ष नेपाल मौसमी भाइरलका कारण सञ्चो नभई घरमै आराम गरिरहनुभएको छ ।   

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले हिजो राति र आज बिहान पनि अध्यक्ष नेपाललाई नयाँ गठबन्धनमा सामेल हुन आग्रह गर्नुभएको थियो । सोमबार बसेको माओवादी केन्द्रको बैठकले औपचारिक रुपमै उक्त पार्टीलाई सरकारमा लाने निर्णय गरेको छ ।

‘हामी यो घटना,यसको उद्देश्य र प्रक्रियाबारे छलफल गर्छौं’,महासचिव भुसालले भने, ‘सिद्धान्ततः वाम गठबन्धन सकारात्मक विषय हो,तर यसका अरु पक्षमा पनि छलफल गर्नुपर्छ,हामी गर्छौं ।’

टिप्पणीहरू