नयाँ गठबन्धन पूर्व पञ्चहरुलाई 'लुतो न कन्याई'

नयाँ गठबन्धन पूर्व पञ्चहरुलाई 'लुतो न कन्याई'
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीतिअनुसार गत वर्ष अप्रत्यासित रुपमा बनेको सात दलीय गठबन्धनमा सामेल भएर सरकारमा गएको पूर्वपञ्चहरुको पार्टी राप्रपा यसपटक भने प्रतिपक्षमै बस्ने भएको छ । 

'बिचार नमिल्ने' भन्दै ओलीले खासै चासो नदिएपछि राप्रपा नयाँ गठबन्धनमा छुट्ने स्थिति बनेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले सत्ता केन्द्रित चलखेलमा आफ्नो पार्टी सामेल नरहेको बताएका छन् ।

नेताहरुको बालुवाटार र बालकोट दौडादौड चलिरहँदा उनले फेसबुकमा लेखेका छन्, 'वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो । र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो । राप्रपा अहिले यही बाटोमा छ ।'

टिप्पणीहरू