उपचुनावका लागि दल दर्ता आह्वान

उपचुनावका लागि दल दर्ता आह्वान
सुन्नुहोस्

आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । 

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उक्त प्रयोजनको निम्ति दल दर्ता गर्न आह्वान गरिएको हो । आयोगका अनुसार यही फागुन २४ गतेदेखि ३० गतेभित्र कार्यालय समयमा दल दर्ताका लागि आयोगमा निवेदन पेश गर्नुपर्ने छ । 

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा आयोगको केन्द्रीय कार्यालय कान्तिपथ, काठमाडौंमा दल दर्ता गर्नुपर्ने जनाइएको छ । 

गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपश्चात् रिक्त इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा १ मा आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचन गराउँदैछ ।

टिप्पणीहरू