पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी

पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी
सुन्नुहोस्

अपांगता भएका व्यक्तिका लागि विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप–२०८० आयोजना गर्न लागिएको छ ।

अपांगता क्षेत्रमा सेवारत संस्था सुन्दरढोका साथीसेवाले आउँदो आइतबार र सोमबार पोखरामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

अपांगता खेलकुदको विकास तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । 

१५ टिमको सहभागिता रहने प्रतियोगितामा सात वटै प्रदेशबाट पुरुष नौ टिम र महिला छ टिमले प्रतिस्पर्धा गर्दैछन् । 

अपांगता भएका व्यक्ति पनि अरु व्यक्ति सरह खेल्न सक्छन् भन्ने सन्देश दिन प्रतियोगिताको आयोजना गर्न लागेको सुन्दरढोका साथीसेवाको भनाई छ ।

टिप्पणीहरू