गण्डकीको हिँउदे अधिवेशन भोलिदेखि

गण्डकीको हिँउदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिँउदे अधिवेशन भोलिदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले भोलि दिँउसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उनले प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

‘माननीय प्रदेश प्रमुख श्री पृथ्वीमान गुरुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन संवत् २०८० साल फागुन १६ गते बुधबार दिनको २ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको...’, सचिवालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार विषयगत समितिबाट पारित भएको आमसञ्चारसम्बन्धी विधेयक अधिवेशनमा पेश गरिनेछ । त्यस्तै, प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि पेश गरिने उनले जानकारी थिए ।

टिप्पणीहरू