नारायणीमा तनहुँकी शारदाको शव

नारायणीमा तनहुँकी शारदाको शव

चितवनस्थित नारायणी नदीमा महिलाको शव फेला परेको छ । शव तनहुँको देवघाट गाउँपालिका–५ बस्ने ५१ वर्षकी शारदा पौडेलको भएको बताइएको छ ।

आज बिहान साढे ६ बजे नदीले बगाउँदै ल्याएको शव स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय, नारायणगढबाट विपद् व्यवस्थापन टोलीले फेला पारेको थियो ।

नदीबाट बाहिर निकालिएको शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू