विशाल पानीजहाजको पहिलो यात्रा (फोटो फिचर)

विशाल पानीजहाजको पहिलो यात्रा (फोटो फिचर)

विश्वकै सबैभन्दा ठूलो पानीजहाजको औपचारिक उद्घाटन गरिएको छ । ’आइकन अफ द सीज’ नामक पानीजहाज आजदेखि यात्रामा निस्केको छ । जहाज सात दिने पहिलो यात्रामा निस्केको जानकारी दिइएको छ ।

यसलाई इतिहासमा हालसम्म कै सबैभन्दा ठूलो र सुविधासम्पन्न पानीजहाज मानिएको छ । रोयल क्यारेबियन ग्रुपले दुई वर्ष लगाएर निर्माण गरेको जहाजमा १.६५ बिलियन अमेरिकी डलर खर्च भएको बताइन्छ ।

 

पानीजहाज ३६५ मिटर लामो छ भने यसमा २० डेक छन् । यसमा एकैपल्ट सात हजार ६०० जनाले यात्रा गर्न सक्छन् ।

 

सात वटा स्वीमिङ पुल, छ वटा वाटर स्लाइडर र ४० रेष्टुरेन्ट, बार र लाउन्ज छन् । पानीजहाजमा माटो भरेर बगैंचासमेत बनाइएको छ । माटोमा ठूला बोटबिरुवा नै रोपिएको हो ।

टिप्पणीहरू