पाँच दर्जन कर्मचारी थप्दै खानेपानी संस्थान

पाँच दर्जन कर्मचारी थप्दै खानेपानी संस्थान
सुन्नुहोस्

नेपाल खानेपानी संस्थानले करार सेवामा कर्मचारी मागेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले जुनियर प्लम्बरसहित ६१ जनाका लागि दरखास्त खुलेको गरेको जानकारी दिएको हो । 

सूचनामा जुनियर प्लम्बर, असिष्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, लाइट ड्राइभर, हेल्पर र कार्यालय सहयोगी मागिएको छ । 

तोकिएको शैक्षिक योग्यता र अनुभवी नेपाली नागरिकलाई आगामी ३० दिनभित्र आवेदन दिन भनिएको छ । दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म दरखास्त दिन सकिनेछ । 

दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्छ । तर, संस्थानमा कम्तीमा एक वर्ष कार्यरत कर्मचारीको हकमा उमेर हल लागू नहुने जनाइएको छ ।

टिप्पणीहरू