७० करोड राजस्व हिनामिना गरेकाहरु फेला परे

७० करोड राजस्व हिनामिना गरेकाहरु फेला परे

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्रेको छ । राजस्व हिनामिनासम्बन्धी कसुरमा दोषी ठहर भई फरार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विराटनगर महानगरपालिका–३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमारबहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र ४ नम्बर वडामा बस्ने ६४ वर्षीय नयराज नेपाल पक्राउ परेका हुन् । 

विशेष अदालत काठमाडौंले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनीहरुमध्ये मणिराजलाई सात वर्ष ११ महिना २३ दिन कैद र चार करोड ३४ लाख पाँच हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई आठ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

त्यस्तै, कुमारलाई छ वर्ष कैद र एक करोड एक लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना, टिकारामलाई नौ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना र देवराजलाई आठ वर्ष छ महिना कैद तथा २२ करोड ४५ लाख २७ हजार ६६७ रुपैयाँ जरिवाना फैसला भएको थियो । 

अदालतको फैसलालगत्तै फरार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले आज नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका पाँचै जनालाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालतमा पेश गरिएको छ ।

टिप्पणीहरू