नेपालसहित बिआरआइमा आवध्द १२ देशका प्रतिनिधिलाई चीनमा तालिम

नेपालसहित बिआरआइमा आवध्द १२ देशका प्रतिनिधिलाई चीनमा तालिम
सुन्नुहोस्

चीनको महत्वाकाँक्षी परियोजना बेल्ट एण्ड रोड (बिआरआइ)मा आवध्द बिभिन्न मुलुकका प्रतिनिधिहरूको साँघाईमा सेमिनार  शुरु भएको छ । 

चीनको वाणिज्य मन्त्रालयले बिआरआइमा हस्ताक्षर गरेका नेपालसहित १२ देशका ३६ जनालाई बोलाएर विशेष सेमिनार आयोजना गरेको हो । 

एक सातासम्म चल्ने सेमिनारमा साँघाई विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले बिआरआई परियोजनाको महत्व,चीनको वर्तमान आर्थिक अवस्था,आर्थिक सहकार्यलगायतका विषयमा विशेष प्रशिक्षण दिने छन् ।

सेमिनारमा नेपाल,श्रीलङ्का, म्यानमार,ब्राजिल,भेनेजुएला, इजिप्ट,पोर्चुगल, भानुआटुलगायत मुलुकका प्रतिनिधि सहभागी छन् ।

चीनलाई विश्वसँग जोड्ने परिकल्पनासहित सन् २०१३ मा स्थापित बिआरआइ सम्झौतामा हालसम्म १५२ देशले हस्ताक्षर गरेका छन् । नेपालले पनि ०१४ मा सो परियोजनामा आवध्दता जनाएको हो ।

टिप्पणीहरू