खैरेनीटारमा बास बसेको प्रधानसेनापतिको टोली हेलिकोप्टरमा फर्क्यो

खैरेनीटारमा बास बसेको प्रधानसेनापतिको टोली हेलिकोप्टरमा फर्क्यो

प्रधानसेनापति प्रभुराम शर्मा तनहुँबाट काठमाडौं आउनुभएको छ । उहाँ हिजो १३ जनाको टोली सहित सेनाको हेलिकोप्टर एनए ०५७एमआई १७ मा त्यसतर्फ जानुभएको थियो । 

हिजो खैरेनीटार ब्यारेकमा बास बस्नुभएका शर्मा टोली सहित आज बिहान साढे १० बजे काठमाडौं आइपुग्नुभएको हो । 

टोलीमा उपरथी सन्तोषकुमार ढकाल, उपरथी सागरबहादुर थापा, सहायक रथी विष्णुकुमार खड्कालगायत रहेको बुझिएको छ ।

टिप्पणीहरू