इजरायल र हमासबीच एक घण्टापछि युद्धविराम हुँदै, ५० जना बन्धक छुट्दै

इजरायल र हमासबीच एक घण्टापछि युद्धविराम हुँदै, ५० जना बन्धक छुट्दै
सुन्नुहोस्

द्वन्द्वरत प्यालेष्टिनी विद्रोही समूह हमास र इजराजयलबीच युद्धविराम हुन लागेको छ । स्थानीय समयअनुसार अबको एक घण्टापछि चार दिनका लागि युद्धविराम हुन लागेको बताइएको छ ।

स्थानीय समय अनुसार बिहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम हुने सहमति भएको छ । इजरायलमा यतिखेर बिहानको सवा ६ बजेको छ । युद्ध विरामका लागि कतारले मध्यस्तथता गरेको छ । सहमतिअनुसार आजै अपरान्ह ४ बजे हमासले १३ जना बन्धकलाई मुक्त गर्नेछ ।

त्यसपछि हमासले क्रमशः ५० जनालाई रिहा गर्ने सहमति छ । बदलामा इजरायलले इजरायललेल १५० जना प्यालेस्टाइनी कैदीलाई जेलबाट रिहा गर्नेछ ।

टिप्पणीहरू