एसईईको रजिष्ट्रेशन फाराम खुल्यो

एसईईको रजिष्ट्रेशन फाराम खुल्यो

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिष्ट्रेशन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८१ को एसईई परीक्षाका लागि फाराम खुलाएको हो । 

हाल कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत-वेदविद्याश्रम-गुरुकुल-मदर्सा-गोन्पा) र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीले एसईईमा समावेश हुनका लागि आगामी मंसिर मसान्तभित्र रजिष्ट्रेशन फाराम बुझाउन भनिएको छ । 

रजिष्ट्रेशन फाराम दस्तुर प्रतिविद्यार्थी तीन सय रुपैयाँ तोकिएको छ । त्यस्तै, दोब्बर दस्तुर छ सय रुपैयाँ तिरेर पुस १ गतेदेखि १५ गतेसम्म फाराम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू