च्यासलको चियापानमा शीर्ष नेताको जमघट (फोटो फिचर)

च्यासलको चियापानमा शीर्ष नेताको जमघट (फोटो फिचर)
सुन्नुहोस्

दशैं, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर प्रतिपक्ष दल एमालेले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरुले सहभागिता जनाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई चियापान समारोहमा सहभागी भए । पहिलो पटक एमालेको औपचारिक कार्यक्रममा निम्तो पाउनुभएका अर्का पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने च्यासलको चिया पिउन जानुभएन । उहाँ गृहजिल्ला रौतहट पुग्नुभएको छ ।

   

 त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरुले पनि चियापान कार्यक्रममा उपस्थिति जनाए । 

त्यस्तै, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारी कर्मचारी , एमाले कार्यकर्तालगायतको कार्यक्रममा उपस्थिति थियो । आगन्तुक पाहुनालाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले मञ्चमा स्वागत गरे ।

टिप्पणीहरू