यूएईविरुद्ध नेपालको खराब सुरुआत

यूएईविरुद्ध नेपालको खराब सुरुआत

टी-२० आई त्रिकोणात्मक सिरिजमा यूएईले दिएको १ सय ६५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा खराब सुरुआत गरेको छ । 

नेपालले तीन ओभरको खेल नसकिंदै महत्वपूर्ण ३ विकेट गुमाएको छ । पहिलो ओभरको चौंथो बलमै ओपनर कुशल भुर्तेल १ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका सोमपाल कामी पनि लामो समय टिक्न सकेनन् । चार बलको सामना गरेका उनी दोस्रो ओभरको पाँचौं बलमा २ रनमै पेभिलिएन फर्किए । 

अघिल्लो खेलमा हङकङविरुद्ध ९२ रन बनाएका कुशल मल्ल तेस्रो ओभरको पहिलो बलमा रनआउट भएपछि पावरप्ले मै नेपालले तीन विकेट गुमाएको हो । 

पाँचौं ओभरको खेल चलिरहँदा नेपालले ३ विकेटको क्षतिमा २६ रन बनाएको छ । अहिले ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेल क्रिजमा छन् । 

यसअघि मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान २/२ विकेट लिए । गुलसन झा र करण केसीले समान १/१ विकेट आफ्नो नाममा गरे । 

यूएईका लागि बसिर अहमदले सर्वाधिक ४५ रन बनाए । त्यस्तै, वृत्या अरविन्दले ४५ रनको योगदान गर्दा खालिद शाह १२ र कप्तान मुहम्मद वसिम ८ रन जोडे । निलन्स केसवानी ८ र अखिफ राजा ५ रनमा नटआउट रहे।

यसअघि सिरिजका तीनवटै खेलमा अपराजित रहेको नेपाल फाइनल प्रवेश गरिसकेको छ । सिरिजको पहिलो खेलमा यूएई नेपालसँग ७ विकेटले पराजित भएको थियो ।

टिप्पणीहरू