बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ
सुन्नुहोस्

 क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो । 

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीपले फैसलाउपर असन्तुष्टि जनाउँदै गत फागुन १० गते उच्चमा पुनरावेदन गरेका थिए । सो मुद्दामा हिजो र आज बहस बहस भएको थियो ।

टिप्पणीहरू