बजारमा गुणस्तरहीन औषधि छ्याप्छ्याप्ती

बजारमा गुणस्तरहीन औषधि छ्याप्छ्याप्ती

औषधि व्यवस्था विभागले तीन वटा औषधिको प्रयोगमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा ती औषधि गुणस्तरहीन भेटिएपछि बिक्रीवितरणमा रोक लगाइएको जनाइएको छ ।

विभागका अनुसार लोमस प्यारेन्टल एण्ड फर्मुलेसन लिमिटेडले उत्पादन गरेको सोडियम क्लोराइड इन्जेक्सन र राइजर ल्याक्टेट सोलुसन फर इन्जेक्सन नामक औषधि न्यून गुणस्तर रहेको भेटिएपछि उक्त रोक लगाइएको हो ।

त्यस्तै, भारतको एग्लोम्ड लिमिटेडबाट उत्पादित प्यानटोप्रोजोल सोडियम पनि गुणस्तरहीन फेला परेको विभागले जनाएको छ । 

ती औषधिमा मानव स्वास्थ्य प्रतिकूल तत्व भेटिएपछि विभागले तत्काल ती औषधीको प्रयोगमा रोक लगाउँदै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । 

‘औषधी ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधीको बिक्रीवितरण रोका गरी बजारबाट तुरुन्त फिर्ता गर्न,’ जारी सूचनामा उल्लेख छ ।  विभागले ती औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न र नगराउन पनि सुसूचित गराएको छ ।

टिप्पणीहरू