पेरिसडाँडामा माओवादीनिकट एनआरएनहरुको लाइन

पेरिसडाँडामा माओवादीनिकट एनआरएनहरुको लाइन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विदेशमा रहेका माओवादी निकट जनवर्गीय संघ, संगठनका नेता तथा कार्यकर्ताहरुले भेट गरेका छन् । प्रधानमन्त्री र नेपाली जनप्रगतिशील मञ्चमा आवद्ध गैर आवासीय नेपालीहरुले माओवादी केन्द्रीय कार्यालय,पेरिस डाँडामा भेटघाट भएको हो ।

प्रधानमन्त्री दाहालसँगै भेटमा नेताहरु अग्नि सापकोटा,जनार्दन शर्मा, मातृका यादवलगायतको  उपस्थिति रहेको बुझिएको छ । कार्यक्रम माओवादीको प्रवास विभागका अध्यक्ष ओम शर्माको अध्यक्षतामा भएको थियो । 

नेता, कार्यकर्ता र मञ्चका सदस्यहरु गरेर झण्डै चार दर्जनको उपस्थितिमा भएको कार्यक्रम ४५ मीनेटमा सकिएको थियो । त्यहाँबाट निस्कनुभएका प्रधानमन्त्री सोझै विमानस्थल पुगेर धनगढी जानुभएको छ ।
 

टिप्पणीहरू