काठमाडौँ उपत्यकाका ११ स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण

काठमाडौँ उपत्यकाका ११ स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण

पशु सेवा विभागले काठमाडौं उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण थालेको छ । 

विभागले दशैंका लागि उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरेर हरियो र रातो चिन्ह लगाउन शुरु गरेको हो । काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण भइरहेको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । 

उनका अनुसार कंलकीको खसीबजार, कालीमाटीको माछा बजार, चोभार नाका, चाल्नाखेलको राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थलीको खसीबजार, सल्लाघारीको च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल र चन्द्रागिरीमा खसीबोकाको स्वास्थ्य परीक्षण भइरहेको छ । 

पशु स्वास्थ्यकर्मी परिचालन गरेर क्लिनिकल परीक्षण गरिरहेको उल्लेख गर्दै उनले भने,‘स्वस्थ पशुलाई हरियो र रोगी पशुलाई रातो रंग लगाउने कार्य भइरहेको छ ।’ 

त्यस्तै, उनले स्वास्थ्य, फूर्तिला पशुपन्छी मात्र बधका लागि छनौट गर्न, सफा स्थानमा बध गर्न, मासु तयार पार्दा सफा पानीको प्रयोग गर्न, मासु टुक्राउने हतियार र भाँडा सफा राख्न पनि आग्रह गरेका छन् ।

टिप्पणीहरू