हाङचौमा सम्पन्न एसियाली खेलकुदबारे ईरानी पत्रकारहरुको चर्चा

हाङचौमा सम्पन्न एसियाली खेलकुदबारे ईरानी पत्रकारहरुको चर्चा
सुन्नुहोस्

चीनको पूर्वी शहर हाङचौमा १९ औं एसियाली खेलकुद हिजोबाट सकिएको छ । खेल अवलोकनका लागि पुगेका अधिकांश मुलुकका पत्रकार चीनको व्यवस्थापन देखेर चकित परेका छन् । ईरानी पत्रकारहरुले अहिलेको एसियाली खेलकुद सबैभन्दा उत्कृष्ट भएको बताएका छन् । 

पत्रकार रेजा पोराली चिनियाँ पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भन्छन्,‘मलाई लाग्छ कि यो सबै एशियाली खेलकुदहरुमध्ये उत्कृष्ट हो । म यहाँ सन् २०१० मा ग्वाङ्जाऊमा थिएँ । हाङचौ त्योभन्दा राम्रो लाग्यो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिक खेलमा पनि उपस्थिति जनाएको थिएँ  ।’

उनले ओलम्पिक खेलमा पाएको ‘लि–निङ’ को झोला अहिलेसम्म पनि आफ्नो घरमा सम्हालेर राखेको बताएका छन् । त्यस्तै, अर्का पत्रकार मोर्टेजा रेजाइकास्कीले चीनको ई–पेमेन्टको तारिफ गरेका छन् । सब–वे, बस, मेट्रो सबैतिर विद्युतीय भुक्तानीको प्रयोग गरिएकोमा उनी भन्छन्,‘पे, अली–पे ।’
 

टिप्पणीहरू