श्रीमतीसहित पाँच जनालाई लिएर प्रधानसेनापति बेलायत प्रस्थान

श्रीमतीसहित पाँच जनालाई लिएर प्रधानसेनापति बेलायत प्रस्थान
सुन्नुहोस्

प्रधानसेनापति प्रभुराम शर्मा साताव्यापी बेलायत भ्रमणमा निस्कनुभएको छ । आज बिहान कतार एयरवेजको जहाजमा दोहा हुँदै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै कतार एयरवेजको उडान नम्बर क्युआर–६४९ मा बिहान सवा ९ बजे प्रधानसेनापति शर्मा बेलायत उड्नुभएको बताइएको छ । टोलीमा प्रधानसेनापति पत्नी सुनिता शर्मा, उपरथी सन्तोषकुमार ढकाल, सेनानी रघुनाथ रुपाखेतीलगायत सहभागी छन् । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी जेनरल सन्डेर्ससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुने जनाइएको छ ।

प्रधानसेनापति शर्मा २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू