प्रधानमन्त्री सवार सेनाको स्काई ट्रकमा २१ जना

प्रधानमन्त्री सवार सेनाको स्काई ट्रकमा २१ जना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली सेनाको स्काई ट्रक एनए ०६४ मा २० जनासहित सवा ११ बजे त्यता जानुभएको बताइएको छ ।

टोलीमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित १७ जना छन् । उडानमा चालक दलका तीन जना सदस्य छन् ।

प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमा सुर्खेतबाट बझाङ जाने कार्यक्रम छ । प्रधानमन्त्री सवार हुने हेलिकोप्टर पोखराबाट बिहान सुर्खेत गएको थियो ।

टिप्पणीहरू