‘आयोजना सम्पन्न हुँदा ठूलै युद्ध जितेको भान हुन्छ’

‘आयोजना सम्पन्न हुँदा ठूलै युद्ध जितेको भान हुन्छ’
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारोबाट उज्यालोतर्फको बाटोमा डोर्याउने कार्य गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा बंगलादेशमा समेत ४० मेगावाट विद्युत निर्यात गर्न लागिएको बताउनुभएको छ । यसका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुन लागेको जानकारी दिनुभएको छ । 

उहाँले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको काठमाडौंको मातातीर्थ, बौथलीस्थित सबस्टेशन र प्रशारण लाइनको उद्घाटनको क्रममा उक्त धारणा राख्नुभएको हो ।

त्यस्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको मुख्य समस्या भनेकै वन जंगल फडानी र जग्गा प्राप्ति रहेको उल्लेख गर्नुभयो । उहाँको अनुभव छ, ‘एउटा कुनै आयोजना सम्पन्न भएमा कुनै ठूलो युद्ध जितेको जस्तो लाग्ने गर्दछ । विद्युत आयोजनामा देखिएका यस्ता समस्या सुल्झाउनक नेपाल सरकारले उचित कदम उठाउँदै कानुनहरु समयसापेक्ष संशोधन गर्नुपर्छ ।’

टिप्पणीहरू