मेडिकल काउन्सिलको परीक्षामा पुगनपुग आधा पास
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
काउन्सिलले गत असोज १० देखि १२ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा मेडिकलतर्फ एक हजार ४९१ र डेण्टलतर्फ ३२० गरी कुल एक हजार ८११ जना सहभागीमध्ये सो संख्यामा परीक्षार्थी पास भएका हुन् । मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ गरी जम्मा ८३३ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिनसक्ने समेत जानकारी गराएको छ ।
यसअघि गत जेठ १७ देखि १९ गतेसम्म सञ्चालन भएको ६६ औं परीक्षामा ३८ दशमलब ३९ प्रतिशत परीक्षार्थीमात्रै उत्तीर्ण भएका थिए ।
टिप्पणीहरू