राजश्वले सामान समातेपछि डिएसपी सरुवाको सम्भावना

राजश्वले सामान समातेपछि डिएसपी सरुवाको सम्भावना

सशस्त्र प्रहरीका एक जना डिएसपीमाथि भारतबाट ल्याइएको अवैध सामान छाडेको आरोप लागेको छ । सिरहाको माडरस्थित कार्यालयका इञ्चार्जमाथि अवैध सामान नपक्रेको गम्भीर आरोप लागेको हो । 

सशस्त्र प्रहरी टोलीले छाडेको उक्त सामान राजश्व अनुसन्धान विभागको टोलीले हिजो बिहान पक्रेको थियो । झण्डै २५ लाख रुपैयाँको सामान बिहान सशस्त्रले छाडेको र राजश्वले समातेको हो । 

यता,सशस्त्र प्रहरी बल मुख्यालय,हल्चोकले इञ्चार्ज डिएसपीलाई गणमा तान्न आदेश दिएको बुझिएको छ ।

टिप्पणीहरू