अमेरिकी फौज लिन नेपाल आइपुग्यो एयरफोर्सको जहाज

अमेरिकी फौज लिन नेपाल आइपुग्यो एयरफोर्सको जहाज

नेपाली सेनासँग संयुक्त सैन्य तालिममा सहभागी आफ्नो सैनिक टोलीलाई लिन अमेरिकी सेनाको जहाज काठमाडौँ आइपुगेको छ । 

१२ जना क्रु मेम्बरसहित एअर फोर्स टेक ९८२ जहाज अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरण गरेको हो । क्याप्टेन लिम कोमेन्टरको नेतृत्वमा १८ जनाको टोली लिएर जहाज भोलि अमेरिका उड्ने जनाइएको छ ।

 

लिम नेतृत्वको अमेरिकी फौज गत भदौ २४ गतेदेखि सन्चालित संयुक्त तालिममा सहभागी हुन काठमाडौँ आएको थियो । 'ज्वाइन्ट कम्बाईन एक्सचेन्ज ट्रेनिङ्ग' नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यास आज बल्ल सम्पन्न भएको हो ।

टिप्पणीहरू