इण्डो–प्यासिफिक सम्मेलनमा भाग लिएर प्रधानसेनापति स्वदेश फिर्ता

इण्डो–प्यासिफिक सम्मेलनमा भाग लिएर प्रधानसेनापति स्वदेश फिर्ता

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित इण्डो-प्यासिफिक आर्मीज चिफ कन्फरेन्समा सहभागी भइ प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किनुभएको छ । उहाँ आज अपराह्न काठमाडौँ आइपुग्नुभएको हो । 

प्रधानसेनापति नेतृत्वको सैनिक टोली भिस्तारा एयरको युके १५५ मा अपराह्न साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । सो टोलीमा प्रधानसेनापति शर्माकी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, उपरथी याेगराज शर्मा, महासेनानी बसन्त बहादुर गौतमलगायत  छन् । 

४७ औं इण्डो-प्यासिफिक आर्मीज म्यानेजमेन्टमा र नवौं सिनियर एनलिस्टेड लिडर्स फोरममा समेत सहभागिता जनाउनुभएका प्रधानसेनापति शर्मा असोज ७ गते दिल्ली पुग्नुभएको थियो ।

टिप्पणीहरू