भारतीय चन्द्रयान–३ को विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद

भारतीय चन्द्रयान–३ को विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद

भारतीय अन्तरिक्ष वैज्ञानिकहरुले चन्द्रयान–३ को विक्रम ल्यान्डरसँग सम्पर्क विच्छेद भएको जानकारी दिएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले उक्त जानकारी दिएको हो । इसरोका अनुसार ल्याण्डर र रोभरसँग सम्पर्क विच्छेद भएको छ ।

चन्द्रमामा लामो रात भएकाले सौर्य ऊर्जाका अभावमा सम्पर्क विच्छेद भएको आकलन गरिएको छ । तर, वैज्ञानिकहरु उक्त ल्याण्डर पुनःसञ्चालनमा आउने आशमा छन् ।

इसरोले समाजिक सञ्जाल एक्समार्फत् विक्रम ल्याण्डर र प्रज्ञान रोभरसँगको सम्पर्क प्रयास जारी राखिएको जनाएको छ । 

उक्त यान गत अगष्टमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको थियो । यानबाट प्रज्ञान रोभर बोकेको विक्रम ल्याण्डर अवतरण भएको थियो ।

टिप्पणीहरू