प्रधानमन्त्री उताबाट,खेलकुदमन्त्री यताबाट

प्रधानमन्त्री उताबाट,खेलकुदमन्त्री यताबाट

भोलिदेखि शुरु हुने १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन खेलकुदमन्त्री डिगबहादुर लिम्बू चीनतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान काठमाडौंबाट सिचुआन प्रान्तको छन्तु हुँदै हाङ्चौ जानुभएको बुझिएको छ ।

मन्त्री लिम्बू एअर चाइनाको उडान नम्बर सीए ४३८ मा चीन प्रस्थान गर्नुभएको हो । 

हाङ्चौमा हुने भोलि साँझको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ । उहाँ आज अमेरिकाको न्युयोर्कबाट प्रस्थान गरेर हङ्कङ्ग हुँदै भोलि मध्यान्ह हाङ्चौ पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू