एसियन प्रिमियर कप खेल्ने यु-१९ टोली घोषणा

एसियन प्रिमियर कप खेल्ने यु-१९ टोली घोषणा
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु–१९ प्रिमियर कपको प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेको हो । 

टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहोरा, दीपक बोहोरा, उत्तम थापा मगर, दीपक डुम्ब्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल रहेका छन् । 

त्यस्तै, सुवास भण्डारी, विशाल केसी, मिलन बोहोरा, प्राज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ्ग, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिनाश तिवारी, नरेन भट्ट र निरज यादव पनि टोलीमा परेका छन् । 

एसियन क्रिकेट काउन्सिलले यु–१९ प्रिमियर कपको मिति सार्वजनिक गरिसकेको छ । ५० ओभर फर्म्याटमा हुने यु–१९ प्रिमियर कप अक्टोबर १२ देखि २४ सम्म मलेशियामा हुँदैछ । 

यो प्रतियोगितामा १६ वटा मुलुकले भाग लिँदैछन् । नेपाल, बहराइन, साउदी अरेबिया, इरान समूह ‘ए’, युएई, ओमन, कतार, चीन समूह ‘बी’, सिंगापुर, कुवेत, थाइल्याण्ड, माल्दिभ्स समूह ‘सी’ र हङकङ, मलेशिया, जापान, इन्डोनेसिया समूह ‘डी’ मा परेको छ ।

टिप्पणीहरू