शिवशिखर र तुलसी सहकारी समस्याग्रस्त घोषित

शिवशिखर र तुलसी सहकारी समस्याग्रस्त घोषित
सुन्नुहोस्

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुई वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । 

सहकारी ऐन, नियम, मूल्यमान्यताको विपरीत बचतकर्ताको निक्षेप फिर्ता नगर्ने भक्तपुरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्था समस्याग्रस्तको सूचीमा परेका हुन् ।  

दुबै सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू