मधेसमा विद्यार्थी खोज्दै एमाले
नेकपा एमालेले मधेस प्रदेशमा विद्यार्थीहरुलाई पार्टीमा संगठित गर्ने अभियान अगाडि बढाएको छ । एमाले निकट अनेरास्ववियुले संगठन विस्तार गर्ने क्रममा सो अभियान थालेको हो ।
३० र ३१ भदौमा मधेश प्रदेशको अधिवेशन गर्ने कार्यातालिका अनुसार ८ वटै जिल्लामा विद्यार्थी संगठनहरू बनाइरहेको अनेरास्ववियु मधेश प्रदेशका सहसंयोजक आरपी यादवले बताए । यसैक्रममा आज अनेरास्ववियुको नगरस्तरीय प्रथम अधिवेशन महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ ।
जनता बहुमुखी क्याम्पस बर्दिबासमा अध्ययनरत छात्रा सदीक्षा पोखरेलको नेतृत्वमा २१ सदस्यीय कमिटी निर्वाचित गरिएको एमाले नगर कमिटी अध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिए ।
नगर क्षेत्रमा शिक्षामा बेथिति बढिरहेको हुनाले यसलाई निर्मूल बनाउन संगठित भएर लाग्ने उद्देश्यले अनेरास्ववियु नै रोजेको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताइन् । उपाध्यक्षमा रोहानी महतो, सचिवमा सरोज यादव, सहसचिवमा रेजिना कटुवाल, अमन पुलामी, कोषाध्यक्षमा शिशिर पोखरेल चयन भएका छन् ।
टिप्पणीहरू