चीन र रुसका राष्ट्रपति भारत नजाने

चीन र रुसका राष्ट्रपति भारत नजाने
सुन्नुहोस्

भारतमा हुन लागेको जी २० शिखर सम्मेलनमा चिनियाँ र रुसी राष्ट्रपतिहरु सहभागी नहुने बताइएको छ । राजधानी नयाँ दिल्लीमा आगामी शनिबार र आइतबार हुने विश्वका विकसित र आर्थिक सम्पन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको सम्मेलन हुँदै छ । 

चीनले प्रधानमन्त्री ली चियाङलाई सहभागी गराउने भएको छ । चीनको विदेश मन्त्रालयले राष्ट्रपति सी जिनपिङ सहभागी नहुने जानकारी दिएको छ । 

उता रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि सहभागी नहुने बताइएको छ । पुटिन अघिल्लो महिना दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सदस्य मुलुकहरुको सम्मेलनमा पनि गएका थिएनन् ।
 

टिप्पणीहरू