सशस्त्रका नयाँ एसपीलाई कमाण्ड छैन
सशस्त्र प्रहरी बलमा नयाँ आर्थिक वर्षको दोस्रो महिना नसकिँदै ५५ जना एसपीले दर्ज्यानी चिन्ह लगाएका छन् । उनीहरुलाई कम्तीमा छ महिना नयाँ जिम्मेवारीमा नखटाइने भनिएको छ ।
तिनलाई आइजिपी राजु अर्यालले फुली लगाइदिने क्रममै कमाण्डमा नपठाइने अग्रिम जानकारी दिएका हुन् । तालिम केन्द्रको पोस्टिङ्ग भरिएकाले बाहिनीहरु,हेडक्वार्टर र एकेडेमीमा पदस्थापन गर्ने योजना छ ।
यता भारतसँग सीमाना जोडिएको विभिन्न जिल्लामध्ये सप्तरी र पर्सामा पठाइने एसपीको खोजीलाई व्यापक बनाइएको छ । पर्सामा किसन कर्माचार्यलाई खटाइने सम्भावना छ । उनी तेस्रो ब्याचका हुन् । सप्तरीमा पुरानो एसपी पठाउने भनिए पनि व्यक्ति तोकिसकिएको छैन ।
टिप्पणीहरू