प्रधानमन्त्रीलाई साक्षी राखेर संक्रमणकालीन न्यायबारे चर्चा

प्रधानमन्त्रीलाई साक्षी राखेर संक्रमणकालीन न्यायबारे चर्चा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाएर संक्रमणकालीन न्यायबारे छलफल गरिएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा ‘संक्रमणकालीन न्यायको सन्दर्भमा सजाय दिने व्यवस्थासम्बन्धी नेपालमा प्रक्रिया’ शीर्षकअन्तर्गत विशिष्ट व्यक्तिहरुको सहभागितामा राष्ट्रिय सम्मेलन भएको बताइएको छ ।

कार्यक्रमको अध्यक्षता पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गर्नुभएको छ भने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई विशेष अतिथि बनाइएको छ ।

अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार डा. मन्दिरा शर्मालगायत झण्डै एक सय जना कार्यक्रममा सहभागी छन् । सम्मेलनले नेपालको संक्रमणकालीन न्यायको समग्र पक्षबारे चिरफार गर्ने आयोजक पक्षले जानकारी दिएको छ ।

टिप्पणीहरू