छोरी पाउनै लाग्दा बालेनद्वारा सरकारलाई चोरको संज्ञा

छोरी पाउनै लाग्दा बालेनद्वारा सरकारलाई चोरको संज्ञा
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती सविनाले आज बिहान छोरी जन्माएकी छन् । 

हिजो साँझ मेयरले सामाजिक सञ्जालमा सरकारलाई चोरको संज्ञा दिँदै ट्राफिक प्रहरीले गाडी रोकेको विरुद्ध उग्र भाषामा स्ट्याटस लेखेका थिए । 

बालेनको स्टाटसमा ‘आजको लागि केही भएन,भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’भनिएको छ ।

आज बिहान उनका समर्थकहरुले बालेनलाई पुत्रीलाभ भएकोमा बधाई दिएका छन् । हिजो शनिबार बिदाको दिन सरकारी नम्बर प्लेटको गाडीमा उनकी श्रीमतीलाई अस्पताल लैजाने क्रममा ट्राफिकले गाडी रोकेर पास खोजेको थियो । 

तर,बालेनले लेखेको स्टाटसमा त्यसबारे केही उल्लेख छैन । उनले सभ्य भाषामा आफू वा आफ्नो परिवार कुन प्रयोजनको लागि कहाँ जान लागेको भन्ने विषय नखुलाएसम्म सडकमा उभिएका प्रहरीको निम्ति सबै सवारी साधन र यात्रु बराबर हुने ट्राफिक प्रहरीले बताएको छ । 

दोस्रो उनले उक्त गाडीको सन्दर्भ मात्रै उल्लेख गरेका छैनन् । आजदेखि महानगरपालिकाका कुनै पनि सवारी साधन रोक्न नपाइने चेतावनी दिनुले हिजोको घटनामा उनकी श्रीमतीलाई प्रसूती व्यथा लागेर अस्पताल लैजाँदै गरेको अवस्थाको कुनै संकेत दिइएको छैन ।

तेस्रो बालेनले सरकारलाई चोरको संज्ञा दिँदै चेतावनीपूर्ण भाषा लेखेका छन् । तर, विद्यमान व्यवस्थामा मुलुकमा तीन तहका सरकारको उपस्थिति छ । स्थानीय सरकारको एउटा इकाइको प्रमुख उनी आफैँ हुन् । आफूलाई पर्दा निकै आक्रामक भाषामा प्रस्तुत हुनेले दशौं लाख बासिन्दा भएको काठमाडौं महानगरमा अरुले यस्तै समस्या भोगेका छन् वा छैनन् भनेर कुनै यसअघि अध्ययन गरेको देखिन्न ?

टिप्पणीहरू