मौसमको खराबीले सर्वदलीय बैठकको समय सर्यो

मौसमको खराबीले सर्वदलीय बैठकको समय सर्यो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकको समय पर धकेलिएको छ । अवरुद्ध संसद खुलाउन दिउँसो ४ बजे बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको जानकारी दिइएको छ ।

प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना दिवसमा सहभागी हुन बिहान सुर्खेत पुग्नुभएको छ । दिउँसोदेखि मौसममा आएको परिवर्तनका कारण उडान हुन नसकेपछि सर्वदलीय बैठकको समय सार्नुपरेको हो ।

प्रधानमन्त्रीले हिजो बोलाउनुभएको बैठक केही समयको छलफलपछि आजलाई सारिएको थियो ।

टिप्पणीहरू